पोखरा न्युज, ०९ माघ –
कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ स्थित अर्मला पर्वतीय दौडमा प्युठानका दाज्यूभाई प्रथम र तृतिय बनेका छन भने नेपाली सेनाले दोश्रो स्थान हासिल गरेको छ। १० किलोमिटर उक्त दौडमा प्युठानका दामोदर बुढामगरले ४४ मिनेट २१ः०२ सेकेण्डमा सो दूरी पार गर्दै नगद १५ हजार हात पारे।
पोखराको बाटुलेचौरबाट शुरु भएको दौडमा नेपाली सेनाका रमेश मक्रातीले ४५ मिनेट २१ः०२ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए। उनले नगद १० हजार पाए। यसैगरि, दौडमा प्युठानका रुपलाल बुढामगरले ४५ मिनेट ५४ः०२ सेकेण्डमा दूरी पार गर्दै तेश्रो स्थान हासिल गरे उनले नगद ५ हजार प्राप्त गरे।
स्थानीय दुर्गा युवा क्लब अर्मलाको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाली सेनाका सुभाष कार्की र विष्णुकुमार तामाङले क्रमश चौथौ र पाँचौ स्थान हासिल गर्दै सान्त्वना पुसस्कार नगद १ हजार ५ सय पाए।
७५ जना धावक सम्मिलित प्रतियोगीमध्ये ७ जना महिलामा ललिता लामिछानेले १ घन्टा ८ः४२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै प्रथम भइन। यसैगरि, सुस्मिता भट्टराईले उक्त दूरी १ घन्टा ९ मिनेटमा पार गर्दै दोश्रो भइइन भने सिन्धु अधिकारीले १ घन्टा २६ मिनेटमा दूरी पार गर्दै तेश्रो भइन। पर्वतीय दौडको शुभारम्भ पूर्वराष्ट्रिय भलिबल खेलाडी उदयबहादुर बस्नेतले गरेका थिए।