तनहुँमा वृद्ध  बाबु कुट्ने  छोरा पक्राउ, घाईते भएका बाबुको पोखरामा उपचार हुँदै

पोखरा न्युज – २५ चैत्र ।

तनहुँमा आफ्ना वृद्ध  बाबु कुट्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुको भानु नगरपालिका ९ बडहरे निवासी ६६ बर्षीय वृद्ध  तिलक बहादुर पाण्डेलाई कुट्ने  ४० बर्षीय छोरा धर्मराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार धर्मराजले आफ्नै  वृद्ध  बाबुलाई २४ गते शनिबार राति कुटपिट गरि घाईते बनाएका थिए । धर्मराजले कुटपिट पछी  घाईते भएका वृद्ध  बाबु लाइ उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाएका थिए ।

कुटपिट गर्ने धर्मराजलाई आइतबार बिहान ४ बजे नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जनाएका छन् । पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

(प्रतिकात्मक तस्बिर)

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button