पोखरामा सम्पन्न ट्राइएथ्लनमा मनिचन्द्र र समिराले स्वर्ण जिते

पोखरामा ६ महिनामा २५ हजार दर्शक क्षमताको रंगशाला:

केशव पाठक, पोखरा न्युज – १५ वैशाख ।

भारतीय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौ दक्षिण एशियाली ट्राइएथ्लन च्याम्पियनसिपमा प्रथम स्थान हात पार्दै स्वर्ण पदक जित्न सफल भएका छन् ।

ट्राइएथ्लन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साईक्लिङ्ग १० कि.मि. र दौड ५ कि.मि.को दूरी मनिचन्द्रले ५८ मिनेट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । भारतकै बिश्वरजित साईखामले ५९ मि. ५७ सेकेन्डका साथ रजत र नेपालका बशन्त चौधरीले १ घण्टा १ मिनेट २ सेकेन्डका साथ कास्य पदक हात पारे ।

महिला तर्फ उक्त दूरी समिराले १ घण्टा ४ मिनेट ५० सेकेण्डमा पूरा गरिन् । दोश्रो भएकी भारतकै प्रग्न्या मोहनले १ घण्टा ८ मिनेट र ४२ सेकेन्ड र तेश्रो भएकी नेपाली खेलाडी सोनी गुरुङ्गले १ घण्टा १३ मिनेट ८ सेकेण्डमा पूरा गरिन् ।

प्रतियोगिताको खुला पुरुष तर्फ पनि तिनै खेलाडी मनिचन्द्रले स्वर्ण, बिश्वरजितले रजत र बशन्त चौधरीले कास्य पाए । महिला तर्फ स्पेनकी इश्वराले स्वर्ण हात पारिन् । उनले उक्त दूरी १ घण्टा ३ मिनेट ३४ सेकेण्डमा पूरा गरिन् । दोश्रो स्थानमा भारतकी समिरा र तेश्रो स्थानमा प्रग्नया रहे ।

नेपाल पर्वतीय खेलकुद अन्तर्गत भएको प्रतियोगिताको ८ औं राष्ट्रिय ट्राइएथ्लन प्रतियोगिता तर्फ पुरूषमा नेपाली सेनाले बर्चस्व बनायो । सेनाका बशन्त चौधरीले १ घण्टा १ मिनट २ सेकेन्डका साथ स्वर्ण हात पार्दा दिपेश चौधरीले १ घण्टा १ मिनट १८ सेकेण्डका साथ रजत र रुद्र कटुवालले १ घण्टा ४ मिनट ४३ सेकेण्डका साथ कास्य पाए ।

महिला तर्फ एपिएफकी सोनी गुरुङले १ घण्टा १३ मिनेट ८ सेकेण्डका साथ स्वर्ण, गोहाटीमा सम्पन्न दक्षिण एशियाली खेलकूदमा व्यक्तिगत र टिम स्पर्धामा रजत पदक प्राप्त काठमाण्डौकी रोजा के.सी.ले १ घण्टा १७ मिनेट ३३ सेकेण्डका साथ रजत र सेनाकी यामकुमारी भुजेलले १ घण्टा २४ मिनेट १ सेकेण्डका साथ कास्य पाईन् ।

पोखराको रमणीय स्थल लेक साईडमा भएको प्रतियोगिताको ५ कि.मि. दौड, २० कि.मि. साईक्लिङ्ग र २.५ कि.मि. दौड सेनाका मानबहादुर थापाले जिते । उनले उक्त दुरी ५४ मिनेट १७ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पार्न सफल भए । एपिएफका किरण मल्लले ५५ मिनेट ३९ सेकेण्ड र लक्ष्मण मल्लले ५५ मिनेट ५३ सेकेण्डमा पुरा गर्दै रजत र कास्य पाए । महिला तर्फ दुई खेलाडीको मात्र प्रतिस्पर्धा भएकोमा एपिएफकी हुमा  बुढा मगरले आफ्नै क्लबकी प्रतिमा चौधरीलाई पछि पार्दै स्वर्ण हात पारिन् । हुमाले १ घण्टा १० मिनेट ९ सेकेण्ड र प्रतिमाले १ घण्टा १५ मिनेट २३ सेकेण्डमा दुरी पूरा गरे ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले मेडल तथा प्रमाण पत्र प्रदान गरे । प्रतियोगिताको चार नं क्षेत्रका सांसद तथा नेपाल ट्राइएथ्लन संघका उपाध्यक्ष दीपक कोईराला र कास्की जिल्लाका सिडियोले उद्घाटन गरेका थिए ।

यस अघि पोखरामा छैटौं पर्वतिय खेल महोत्सबको उद्घाटन गर्दै युवा तथा खेलकूद मन्त्रि जगत विश्वकर्माले मुलुकको आर्थिक समृद्धीका लागि खेलकुद बिकास अपरिहार्य रहेको बताए । मुलुकको पर्यटन पवद्र्धन संगै आर्थिक समृद्धी हासिल गर्न धेरै सम्भावना र अवसरहरु रहेको तर्फ इंगित गर्दै मन्त्रि विश्वकर्माले मन्त्रालयले पुर्वाधार बिकास तर्फ ध्यान दिने बताए ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले अब नेपाल खेलकुद नयाँ योजनाका साथ  अघि बढने बताउँदै २०७५ साल नेपालको खेलकुदको स्वर्णकाल हुन सक्ने बताए । उनले पोखराको फुटबल रंगशाला अबको ६ महिना भित्र काम सक्ने गरि शुरु हुने बताउँदै भने – “विश्वास गर्नुहोस् २५ हजार क्षमताको रंगशालाको काम ६ महिनामा सकिन्छ ।”

उनले २०७५ साल कार्तिक ११ देखि १५ गते सम्म पोखरामा वल्र्ड प्याराग्लाइडिङ वल्र्ड कप हुने जानकारी गराउँदै नेपाली खेलाडीहरु ढुक्कसँग खेल्ने वातावरण निर्माण गर्नेतर्फ परिषदले ध्यान दिने पनि बताए ।

कार्यक्रममा प्रदेश नं ४ का सांसद कृष्ण थापा, सांसद दिपक कोइराला, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button