पोखरा १३ मा दुई व्यक्ति मृत अवस्थामा फेला

पोखरा न्युज ।

पोखरा लेखनाथ महानगरपालिका १३  स्थित कुलाको मुहानमा शनिबार दुई व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत हुनेमा दुवै पुरुष  रहेको र एक जनाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । अर्का एक १९ बर्षीय युबकको भने सनाखत भएको छ । सनाखत हुनेमा  मादी गाउपालिका ३ ताङतिङ घर भई पोखरा लेखनाथ महानगरपालिका १३ सिग्देलटोल बस्ने  कुमार नेपाली रहेको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

उक्त स्थानमा शनिबार बिहान करिब १०:३० बजेको समयमा स्थानियले  मृत अवस्थामा उनीहरुलाई  देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतीकात्मक तस्बिर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button