प्रदेश नं ४ का संसदीय समितिका सभापतिद्वारा शपथ ग्रहण

पोखरा न्युज – १६ बैशाख ।

प्रदेश नं ४ का चारवटै संसदीय समितिका सभापतिले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

समितिको सभापतिका लागि शनिबार निर्धारित निर्वाचन तालिकाअनुसार चारवटा समितिमा एक-एक जनाको मात्र उम्मेदवारी परेपछि विधायन समितिमा एमालेका मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा नेपाली काँग्रेसका कुमार खड्का, अर्थ तथा विकास समितिमा नेकपा माओवादी केन्द्रका दीपक कोइराला र प्रदेश मामिला समितिमा जनमोर्चाका कृष्ण थापा निर्विरोध बनेका हुन् ।

चारवटै समितिका सभापतिलाई आज सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button