फेवातालमा मृत अवस्थामा फेला परिन सृजनाचोककी सबिता

पोखरा न्युज -१६ वैशाख ।

पोखराको फेवातालमा आइतबार  एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

मृत्यु हुनेमा स्याङ्जाको पुतलिबजार नगरपालिका ७ हरिपाला घर भई पोखराको सृजनाचोक बस्ने ३५ बर्षीय  सबिता पोखरेल रहेको प्रहरीले जनाएको छ । स्थानियहरुले पोखरा लेखनाथ महानगरपालिका ६ फेवाताल स्थित बाराही घाटमा  महिलाको शव  देखेपछी  प्रहरीलाई खबर गरेका थिए । पोखेरललाई मृत  अवस्थामा तालबाट झिकिएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

पोखेरलको मृत्यु कसरी भयो  भन्ने बारेमा  अनुसन्धान भइरहेको उपरीक्षक बस्यालले  बताए । उनको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखीएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button