भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

पोखरा न्युज -२९, वैशाख ।

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।

प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका थिए ।

भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए । उनी आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट यहाँ आएका थिए । उनी आजै बिहान काठमाडौँ फिर्ता भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button