पोखरा – ९ नयाँबजारमा मोटरसाइकलले ठक्कर दिँदा आमा छोरा घाइते

पोखरा न्यूज – २४ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका – ९ नयाँबजारमा मोटरसाइकलको ठक्करबाट आमा छोरा घाइते भएका छन् ।

नयाँबजारको सडकमा पैदल हिडिरहेको अवस्थामा ग१३प ८४०१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नुवाकोट घर भई नयाँबजार बस्दै आएकी १८ बर्षीया सविना श्रेष्ठ र उनका १८ महिनाको छोरा कबिन श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुबैको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए। घटना पश्चात मोटरसाइकल तथा चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button