कास्की एन्फा कपः अमरसिंह, कास्की मोर्डनाइज्ड्, टप्स र स्नोभ्यू बिजयी

पोखरा न्यूज -१२, असार ।
कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) द्वारा पोखरा रंगशालामा आयोजित छात्र तर्फको खेलमा अमरसिंह माबी, कास्की मोर्डनाइज्ड्, टप्स माबी र स्नोभ्यू बिजयी भएका छन् ।

मंगलबार सम्पन्न खेलमा अमरसिंह माबी बाल प्रभात संग २–१ गोल अन्तरले बिजयी भएको छ । अमरसिंहलाई जिताउन मनोज नेपालीले दुइ गोल गरेका थिए भने बाल प्रभातका लागि राजन तामाङले एक गोल फर्काए ।

यसै गरि सम्पन्न दोश्रो खेलमा कास्की मोर्डनाइज्ड्ले टाइ ब्रेकरमा नेपाल आर्दशलाई पराजित गरेको छ । निर्धारित समयमा दुबै टिमले २–२ गोल गरे पछि खेल टाइ ब्रेकरमा पुगेको थियो । निर्धारित समयमा कास्की मोर्डनाइज्ड्का लागि रनिश थापाले दुइ गोल र नेपाल आर्दशका लागि प्रवेश गुरुङ र अर्पुब रानाले एक–एक गोल गरेका थिए ।

त्यस्तै तेश्रो खेलमा टप्स माबीले बाराही माबीलाई ३–१ गोल अन्तरले पाखा लगाएको छ । टप्सका लागि बाराहीका समिर नेपालीले सुसाइड गोल गरेका थिए भने टप्सका राज गुरुङ र मन्दिप गुरुङले एक–एक गोल गरे । बाराहीका लागि एक मात्र गोल विश्व विकले फर्काए ।

त्यस्तै स्नोभ्यू र कान्तिपुर बिचको खेलमा स्नोभ्यू ४–० ले बिजयी भएको छ । स्नोभ्यूलाई जिताउन अमन पुन र ज्याङ्गबो शेर्पा एक–एक गोल तथा क्षितिज कार्कीले दुइ गोल गरे ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार एन्फा कपमा पहिलो चरणका सम्पूर्ण खेल हरु सकिएका छन । उनका अनुसार दोश्रो चरणका खेलहरु पुनः असार २८ गते बाट सञ्चालन हुनेछन् । सबै विद्यालयहरुमा पहिलो चरणको त्रैमासिक परिक्षा संचालन हुने भएपछि एन्फा कपका खेलहरु सारिएको अध्यक्ष गुरुङले बताए ।

एन्फा कपमा छात्र तर्फ ३८ र छात्रा तर्फ ८ टिमको सहभागिता रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button