ग्लोबल टि ट्वान्टी क्यानडा शुरु, सन्दीप पनि सहभागी हुँदै

पोखरा न्यूज -१५, असार ।

क्यानडाको अन्तर्राष्ट्रिय टि ट्वान्टी प्रतियोगिताको पहिलो सस्कंरण ग्लोबल टि ट्वान्टी लिग आजदेखि शुरु भएको छ ।

विश्वमा अन्तर्राष्ट्रिय खेलाडी सम्मिलित टि ट्वान्टी प्रतियोगिताको आकर्षण बढ्दै गएको सन्दर्भमा यस प्रतियोगिताले उत्तर अमेरिकामा पनि क्रिकेटको आकर्षण बढाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ । क्यानडाका ६ टिम सम्मिलित यस प्रतियोगितामा विश्व क्रिकेटका नामि खेलाडीहरुको बाक्लो सहभागिता रहेको छ ।

प्रतियोगितामा क्रिकेट वेस्ट इन्डिज बी टिम, एड्मोन्टन रोयल्स, मोन्टृयल टाइगर्स, टोरन्टो नेसनल्स, भ्यान्कोभर नाइट्स र विन्नीपिग हक्स नाम गरेका ६ टिमले सहभागिता जनाएका छन् । यी टिमहरुमा पाकिस्तान, वेस्ट इन्डिज, अस्ट्रेलिया, न्युजिल्यान्ड, श्रीलंका, अफगानिस्तान जस्ता टेस्ट खेल्ने देशका साथै एसोसिएट राष्ट्रका खेलाडीहरुको पनि उपस्थिति  रहको छ ।

यसैबीच आज भएको उद्घाटन खेलमा एन्टोनिन डेभिसिचको अविजित ९२(४४) रनको मद्दतले टोरन्टो नेसनल्सले भ्यान्कोभर नाइट्सलाई ६ विकेटले पराजित गरेको छ । त्यस्तै नेपाली समय अनुसार रातको १:१५ बजे दोस्रो खेलमा मोन्टृयल टाइगर्सले विन्नीपिग हक्सको सामना गर्नेछ ।

प्रतियोगितामा नेपाली क्रिकेटका उदाउँदा प्रतिभा सन्दीप लामिछानेले पनि आफ्नो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा सहभागीता जनाउँदै छन् । लामिछानेले मोन्टृयल टाइगर्सका लागि खेल्नेछन् जुन टिममा उनले लासिथ मालिङ्गा, सुनिल नारिन, थिसारा परेरा, ड्वेन स्मिथ जस्ता खेलाडीको साथमा पाउनेछन् ।

प्रतियोगितामा बल ट्याम्परिङ मुद्दामा प्रतिबन्ध भोगिरहेका अस्ट्रेलियाका स्टिभ स्मिथ र डेभिड वार्नरले पनि सहभागिता जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button