पोखरा पृथ्वीचोकबाट ४ सय ६५ सेट लागू औषध सहित एक ब्यक्ती पक्राउ

पोखरा न्यूज – २२, असार ।

पोखरा लेखनाथ महानगरपालिका – ९ पृथ्वीचोकबाट ४ सय ६५ सेट लागू औषध सहित एक ब्यक्ती पक्राउ परेका छन् ।

पृथ्वीचोकमा संकास्पद रुपमा हिडिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिका -१२ का २५ का विकास न्यौपाने १सय ५५ पिस व्रुप्रिनर्फिन, १सय ५५ पिस डाइजोपाम र १सय ५५ पिस फेनार्गन गरी जम्मा ४ सय ६५ सेट लागू औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहिवार राती ८ बजेको समयमा  न्यौपानेलाई पक्राउ गरेको हो ।

 न्यौपानेको बिषयमा कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button