अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

पोखरा न्युज -१६, साउन ।

अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण बुधबार दिउँसोदेखि अवरुद्ध भएको पोखरा–बागलुङ सडकखण्ड सञ्चालन भएको छ ।

पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा सडक माथिबाट आएको पहिरोका कारण दिउँसो १२ बजेबाट सडक अवरुद्ध भएको थियो । दुई वटा स्काभेटर र प्रहरीको सक्रियतामा साँझ साढे ६ बजेदेखि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सडक खुलेसँगै दिउँसोदेखि नै सडकमा अलपत्र परेका सयौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् । पोखरा बागलुङ सडकखण्डको वैकल्पिक सडक नहुँदा यात्रुहरु दिनभर नै सवारीसँगै सडकमै अलपत्र परेका थिए । मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको यस खण्डमा सामान्य वर्षाले पनि पहिरो झर्ने क्रम बढेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button