काठमाडौँमा लागुऔषध सहित पक्राउ

पोखरा न्यूज -२४, साउन ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान नागढुङ्गामा जाँचका क्रममा काठमाडौँका ३७ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो ।

प्रभागका प्रहरी निरीक्षक केशवराज भट्टले दाङबाट काठमाडौँ आउँदै गरेको ना६ख ७९१० नंको बसमा गुरुङलाई लागुऔषध सहित पक्राउ गरेको जानकारी दिए । गुरुङसँग प्रहरीले १०० एम्पुल डाइजेपाम, १०१ एम्पुल नुर्फिन र १०० एम्पुल फेनार्गन बरामद गरेको छ।

काठमाडौँ महानगरपालिका –१५ स्वयम्भू अन्नपूर्ण चोकबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध रुपमा लागुऔषध बोकेर हिँडिरहेको अवस्थामा दोलखाका २३ वर्षीय बादल श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको हो । श्रेष्ठसँग ३४ एम्पुल नुर्फिन, ३४ एम्पुल डाइजेल्याव र ६० एम्पुल फेनार्गन बरामद गरेको छ । पक्राउ परेका दुवै जनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button