स्पेनका नागरिकद्वारा लमजुङको आश्रमलाई सहयोग

पोखरा न्यूज -२६, साउन ।

 स्पेनका एक नागरिकले लमजुङ बेँसीशहर स्थित मानवसेवा आश्रमलाई रु ८० हजार सहयोग गरेका छन् । कामको सिलसिलामा नेपाल आएका स्पेनिस नागरिक लुइस जिमीनेजले सो सहयोग गरेका हुन् ।

शनिबार बेँसीशहर–७ मा रहेको आश्रममै पुगेर उनले नगद रु ८० हजार हस्तन्तरण गरेका थिए । ४७ वर्षीय लुइसले मानवसेवा आश्रमको गतिविधि सुनेपछि मानवीयताको नाताले सहयोग गरेको बताए ।

लुइसले सहयोग गरेको रु ८० हजारबाट उनकै परामर्शमा आश्रमको लागि टेलिभिजन खरिद गरिएको आश्रमकी संयोजक अनिता अधिकारीले बताए ।

लुइसले चार वर्षअघिदेखि बेँसीशहरस्थित गुम्बाको लागि करीब रु तीन लाख बराबरको सहयोग गर्दै आएका छन् भने बेँसीशहरकै जनविकास माविमा रु छ लाख बराबरको सहयोग गर्दै आएका छन् । उनले मानव सेवा आश्रमका बारेमा पहिलो पटक सुनेको भन्दै आगामी वर्षहरूमा सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।

होटलमा जागिर गर्दै आएका लुइसले यसअघि नाइजेरियाका परिवार बिहीनलाई आश्रय, सुडान, इथियोपियाका गरिबीमा परेकालाई औषधि सहयोग तथा फिजीका विभिन्न विद्यालयमा स्वयंसेवक शिक्षण सहयोग गरेको बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button