कोरिया लैजान्छु भन्दै ल्वाङ घलेलका एक व्यक्तिले आफुहरुलाई ठगेको युवाको गुनासो

डीएनबी, पोखरा न्यूज- १२, भदौ ।

कास्कीका दुई जना युवा रोजगारको लागि कोरिय जान पाउने आसमा एक व्यक्तिबाट ठगिएको गुनासो गरेका छन । कास्कीको माछापुच्छ्रे गाँउपालिका २ चिप्लेटिका नारायण भण्डारी र अमर विक कोरिया पठाउने निहूँमा कास्की ल्वाङ घलेलका ४६ बर्षिय ओम तामाङले आफुहरुको  लाखौं ठगेको  गुनासो गरेका हुन।

कोरिया लैजान्छु भन्दै तामाङले नक्कली  काजपत्र बनाई आफुहरुसंग ५ लाख ५० हजार रुपैया २ बर्ष अघि लगेको भण्डारी र विकले बताएका हुन। तामङलाई विकले नेपाली कागजमा भरपाई गरी ३ लाख रुपैया बुझाएका हुन भने भण्डारीले दुई किस्ता गरी नगद २ लाख ५० हजार दिएका हुन। तामाङले आफुहरु जस्ता अन्य युवाहरुको समेत रकम लिएको हुन सक्ने विकले बताए । पहिलो ६ महिनामा केरियाको भिषा विग्रेको भन्दै उनीहरुलाई आल टाल गर्दै हिडेका तामाङले एक बर्ष देखि कोरीया लैजान नसक्ने प्रतिकृया दिए पनि उक्त रकम फिर्ता गराउछु भन्दै आल टाल मात्र गरेको विक र भण्डारीको गुनासो छ । उक्त पैसा ऋण धन गरी बुझाएकोमा हाल घर परिवारबाट समेत आफुहरुलाई आर्थिक समस्याको बोझ परेको उनीहरुले बताए ।

यस बिषयमा तामाङले भने अबको कम्तिमा १९ दिन भित्रमा सावा व्याज सहित फिर्ता दिने बताए । उनले भने “ म यति वेला दुतावासम छु, कोरिया लैजाने भनेर कास्कीका दुई जनाको पैसा दिन छ म त्यो पैसा  १९ दिन भित्रम दिन्छु, मामाबाट आउनु पर्ने पैसा नआएर हो ढिलो भएको । ” दुई जनालाई भने केहि बर्ष अघि आफु मार्फत केरिया पठाएको उनले बताए ।

यसरी विभिन्न वहानामा बैदेशिक रोजगारको नाममा लाखौं ठगि भइरहदा यस बिषयमा युवाहरु अझै पनि सचेत हुन सकेका छैनन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button