पोखरामा प्राज्ञिक अनुसन्धानका लागि १७ देशका ४५ अनुसन्धानकर्ता

केशब पाठक, पोखरा न्यूज- १३ ,भदौ ।

यस क्षेत्रको प्राज्ञिक र दिगो बिकास अध्ययन तथा अनुसन्धानका लागि १७ विभिन्न मुलुकका ४५ जना विद्यार्थीहरु दुइ साताका लागि पोखरा आएका छन । उनीहरुका साथमा विभिन्न देशका विश्वविद्यालयका प्रोफेशर, अनुशन्धानकर्ता र विद्यार्थीहरु समावेश रहेको आयोजक संस्था नेपाल सेन्टर फर कोन्टेम्पोररी रिसर्चका (एनसिसिआर) निर्देशक डा. विष्णुराज उप्रेतीले बताए ।

उनीहरुले माछापुच्छ्रे गाँउपालिकाको घाचोक र मिर्शा, मादी गाँउ पालिकाको ताक्तिङ, पोखराको वडा नं १३ र बेगनास गरि चार स्थानमा स्थानिय जनजिवन, रहनसहन, खानपान, संस्कृती र पर्यटन लगाएतका विषयमा अध्ययन तथा अनुशन्धान गर्ने कार्यक्रमका रहेको निर्देशक उप्रेतीले  बताए ।

संसारमानै अनुशन्धानमा रहेकाहरुलाई नेपालमा ल्याएर नेपालको राजनिती, पर्यटन, पाकृतिक श्रोतका बारेमा जानकारी गराउने कार्यक्रमको मुख्य उद्धेश्य रहेको उप्रेतीले बताए । उनले भने–“हामीले सबैलाई होमस्टेमा राख्छौ, उनीहरुले त्यहाँको स्थानिय भाषा, रहनसहन, जिवनशैली र खानपिनको कुरा सिक्नेछन ।” “नेपालको होमस्टेलाई विश्वमा चिनाउने पनि कार्यक्रमको अर्काे उद्धेश्य हो” उनले भने । दिर्घकालिन रुपमा नेपालको संस्कृती र नेपालको विविधतालाई १७ देशमा एकैपटकमा पु¥याउन पनि यो कार्यक्रम सहायक हुने उनले बताए ।

सहभागी विद्यार्थी तथा अनुशन्धानकर्ताहरुको पहिलो दिनको कार्यक्रमलाई उद्घाटन गर्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रि बिकास लम्सालले दिगो बिकासको लक्ष्य प्राप्तीका लागि प्रदेश सरकारले विभिन्न योजनाका साथ अघि बढेको बताए । उनले गण्डकी प्रदेश जैविक विविधताले भरिएकोले पनि यहाँको समृद्धीको मुख्य आधार पर्यटन रहेको धाराणा राखे ।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेलले स्थानिय स्रोतको सहि ढङले परिचालन गर्ने हो भने नेपालले समृद्धीको ढोका खोल्न समय नलाग्ने बताए । कार्यक्रममा आइजिसएस नर्थ साउथका प्रोफेसर डा. थोमस ब्रिउ, नेपाल सरकारका पूर्व सचिब डा.द्वारिकानाथ ढुङ्गेल, स्विश दुतावासका स्थानिय प्रतिनिधी बसन्त दवाडी, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ, मादी गाउँपलिकाका अध्यक्ष बेद बहादुर गुरुङ लगाएतले नेपालको पर्यटन लगाएतका विषयमा आ–आफ्ना धाराणा राखेका थिए ।

कार्यक्रम जुरिच विश्वविद्यालयका अनुसन्धानकर्ता प्रोफेशर डा. उलरीके मुलर बोकरको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button