पोखरा न्यूज – १४, कार्तिक ।
पोखरामा रंग लगाउने क्रममा लड्दा बुधबार एक जनाको ज्यान गएको छ ।
पोखरा महानगरपालिका -१८ सराङकोटमा निर्माणाधीन रिसोर्टको तेश्रो तलाबाट खसेर हेटौंडाका २५ बर्षीय राज कुमार मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई उपचारको लागि मणिपाल अस्पताल लगिएकोमा डाक्टरले चेकजांच गर्ने क्रममा मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले उल्लेख गरे ।
प्रहरीका अनुसार मगर निर्माणाधीन बाराही रिसोर्टमा रंग लगाउने क्रममा अकस्मात खस्न पुगेका थिए ।