पोखरा न्यूज – १६, कार्तिक ।
बागलुङमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
जिल्लाको ताराखोला गाँउपालिका – ५ उत्तरपानीमा ग २ च ६१३४ नम्बरको पिकअप जिप दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार नाङगेबाट हटियातर्फ जाँदै गरेको जिप स्टेरीङ फेल भई सडक बाट अन्दाजी १५ मिटर तल खस्दा जिपमा सवार ६ जना मध्ये ५ जना घाइते भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।
दुर्घटनामा परि ताराखोला गाँउपालिका- ५ का कोपिला घर्ति, धन कुमारी रोका, लिलामती वि.क. , यमुना रोका र धनमाया वि.क. घाइते भएको पुरीले बताए । पुरीका अनुसार घाइतेहरुको इमर्जेन्सि पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ ।
प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।