पोखरा न्यूज – ०२, पुष
पोखरामा ठुलो मात्रामा लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।
तनहू शुक्लागण्डकी -१ कोत्रे घर भई पोखरा -४ गणेशटोल बस्ने ३० बर्षिय अनिल क्षेत्रि आइतबार ३ सय २४ थान लागूऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक सन्तोष सुबेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले क्षेत्रिलाई लागूऔषध आफ्नै कोठाबाट पक्राउ गरेको प्रहरी निरीक्षक गणेश सुबेदीले जानकारी दिए । प्रहरीले क्षेत्रिको कोठाबाट १ सय ८ थान फेनारागन, १ सय ८ थान बुर्फिनर्फिन र १ सय ८ थान डाईजापाम गरी ३ सय २४ थान लागूऔषध बरामद गरेको उनले जानकारी दिए ।
पक्राउ परेका क्षेत्रीको बिषयमा कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।