तनहुँमा आमा समूहको भवन बनाउन जग्गादान

पोखरा न्यूज – १६, पुष ।

तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसी निवासी यशोदा भट्ट क्षेत्रीले आमा समूहको भवन निर्माणका लागि रु २५ लाख बराबरको जग्गादान गरेकी छन् ।

गल्वुबेँसी सिर्जनशील आमा समूहको भवन निर्माणका लागि क्षेत्रीले तीन आना घडेरी दान गरेकी हुन् । उनी सोही आमा समूहको अध्यक्षसमेत हुन्। क्षेत्रीले आफ्ना दिवङ्गत पति बालकृष्ण भट्ट क्षेत्रीको स्मृतिमा घर नजिकैको जग्गा आमा समूहको नाममा मालपोत कार्यालय तनहुँबाट रजिष्ट्रेशन पास गरिदिएको आमा समूहका सचिव गीता बाँस्तोलाले जानकारी दिइन् ।

आमा समूहको भवन नहुँदा बैठक बस्नका लागि कसैको घर वा चौर चहार्दै हिँड्नुपरेको अवस्थाको अन्त्य गर्न आफूले जग्गादान दिएको क्षेत्रीले बताइन्। आमा समूहको नाममा जग्गा प्राप्त भएपछि अब भवन निर्माणको काम शुरु गरिने समूहका सचिव बाँस्तोलाले जानकारी दिइन् । आमा समूहले देउसीभैलो खेलेर रु तीन लाख सङ्कलन गरेको छ । भवन निर्माणका लागि अपुग रकम स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समेत माग गरिने र स्थानीयवासीबाट समेत दान सङ्कलन गरिने उनले बताइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button