बागलुङमा सीसी क्यामरा जडान

पोखरा न्यूज- १९, पुष ।

गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवासुविधा चुस्त बनाउन बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको कार्यालयमा सीसी क्यामरा जडान गएिको छ । कर्मचारीले जनताको सेवालाई प्रभावकारी रूपमा प्रदान गरे-नगरेको अवलोकन तथा गाउँपालिकामा हुनसक्ने अनियमित गतिविधि निस्तेज पार्न कार्यालयमा पाँच सीसी क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले भने, “यहाँ आउने जनतालाई महसुस हुनेगरी काम गर्न आवश्यक ठानेर र कर्मचारीबाट प्रदान गरिने सेवा चुस्त र दुरुस्त पार्न सीसी क्यामरा जडान गरेका हौँ ।”

जिल्लाका छ गाउँपालिका तथा चार नगरपालिकामध्ये सूचना प्रविधिको हिसाबले उक्त गाउँपालिका अगाडि छ । “गाउँपालिकाले जनताको गुनासो सुन्न मोबाइल एप्स तथा योजना तथा कार्यक्रम सार्वजनिक गर्न वेवसाइटको प्रयोग गर्दै आइरहेकामा यसलाई थप सूचना तथा प्रविधिमैत्री बनाउँदै लाने क्रममा सीसी क्यामरा पनि जडान गरिएको हो”, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले भने । सीसी क्यामरा जडान गरिएपछि जनताले पाउने सेवासुविधा प्रभावकारी भएको सेवाग्राहीले बताएका छन् ।

गाउँपालिकामा कर्मचारीहरुलाई व्यवस्थित गर्नका लागि ई–हाजिरीसमेत सञ्चालनमा ल्याइएपछि कार्यालय समयभन्दा ढिलो कार्यालय आउने कर्मचारी समयमै आउने र सेवाग्राहीलाई समयमै सेवाप्रदान गर्न सहज भएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button