पोखरामा चौथो अन्तर विद्यालय ह्याण्डबल प्रतियोगिता जारी

डीएनबी, पोखरा न्यूज – १०, माघ ।

पोखरा रंगशालामा जारी चौथो संस्करणको एकता बुक्स अन्तर विद्यालय छात्र-छात्रा ह्याण्डबल प्रतियोगिता अन्तर्गत आज (बिहीबार) छात्रा तथा छात्र तर्फका ८ खेल सम्पन्न भएका छन् ।

बिहीबार भएको छात्रा तर्फ तीन र छात्र तर्फ ५ गरी ८ खेल सम्पन्न भएको प्रतियोगिताका संयोजक चित्र बहादुर थापाले बताए । छात्रा तर्फ बिहीबार भएको पहिलो खेलमा पोखरा एकेडेमीले सरस्वती विद्या आश्रमलाई ४–१ को गोल अन्तरले पराजित गर्यो । दोश्रो खेलमा लेखनाथ विभुतिले रेम्बो एकेडेमी माथि ४–१ को जीर्ता गर्यो । अर्को खेलमा माउण्ट अन्नपुर्णले सृजना माविलाई एक गोलको बिरुद्ध ७ गोल बर्षायो ।

त्यसै गरी छात्र तर्फको बिहीबार भएको पहिलो खेलमा वाल प्रभातले कान्तिपुर स्कुललाइ ५–३ को गोल अन्तरले पाखा लगायो । दोश्रो खेलमा एस.ओ.एस. हर्मन माईनरले चिल्ड्रेन एकेडेमीलाई १२–३ को फराकिलो गोल अन्तले पराजित गर्यो । तेश्रो खेलमा प्रगती एकेडेमीले राईजीङ स्टारलाई ६ गोलको बिरुद्ध ११ गोलले पराजित गर्यो ।

चौथो खेलमा कास्की मोडनाईज एकेडेमीले पर्वतको नमुना बोर्डिङ स्कुललाई १९–१७ को गोल अन्तरले पराजित गर्यो । बिहीबार छात्र तर्फको अन्तिम खेलमा माउण्ट अन्नपूर्णले कान्तिपुर स्कुललाई ४ गोलको बिरुद्ध १६ गोलको फराकिलो अन्तरले पराजित गर्यो । प्रतियोगिता शुक्रबार बिहानै देखि क्वाटरफाइनल तथा सेमिफाईनलका खेलहरु हुने भएको रेफ्रि कमिटिका संयोजक राम बहादुर क्षेत्रीले जनाए ।

कास्की जिल्ला ह्याण्डबल संघको आयोजना नेपाल ह्याण्डबल संघको प्राविधिक सहयोगमा संचालन भएको प्रतियोगितामा छात्र तर्फ १६ र छात्रा तर्फ १० टिमको सहभागिता रहेको संघ कास्कीका सचिब टेक बहादुर गुरुङले बताए । “ह्याण्डवल खेलौं, स्वस्थ र अनुशासित युवा जनशक्ति तयार गरौं ” भन्ने नाराका साथ पोखरामा आयोजना
भएको उक्त प्रतियोगितामा विजेता छात्र तथा छात्रालाई जनहि १० हजार र उपविजेतालाई ५ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको छ । प्रतियोगिता यही माघ १२ गतेसम्म संचालन हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button