पोखरामा फागुन १८ देखि क्यान इन्फोटेक

डिएनबी, पोखरा न्यूज – १०, माघ ।

भायानेट क्यान इन्फोटेक आउदो फागुन १८ देखि पोखरामा हुने भएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा १० औं संस्करणको उक्त क्यान ईन्फोटेक फागुन २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

उक्त इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी क्षेत्रमा स्थानीय स्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आई.सि.टि. उपकरण प्रदर्शनी गनिरे भएको इन्फोटेकका प्रचार प्रचार उपसमिति संयोजक विकास भुर्तेलले बताए ।

त्यसै गरी इन्फोटेकमा प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने भएको छ ।

इन्फोटेककै अवसरमा दृष्टिबिहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिने भएको छ । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिनेछ क्यानले जनाएको छ । इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढी स्टलहरु रहने भएको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले बताए । उनको संयोजकत्वमा २७ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । उक्त अवसरमा सातौं सिटि रेवान महोत्सव तथा फुड फेष्टीवल समेत हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button