पोखरा न्यूज १३, माघ ।
फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धी बहादुर नेपालीले आफ्नी धर्मपत्नी जयन्ती नेपालीको स्मृतिमा पोखरा २२ पुम्दी भुम्दी को एक सामुदायिक बिद्यालयमा अध्यक्षयकोष स्थापना गरेका छन्।
पोखरा महानगरपालिका २२ स्थित अनदुमा रहेको अनदु आधारभूत बिद्यालयमा पोखरा ६ बैदामका नेपालीले आफ्नी धर्मपत्नी जयन्तीको स्मृतिमा ५१ हजार ७५ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् ।
उक्त रकमको व्याजबाट बिद्यालयमा छात्रबृत्ति प्रदान गरिने भएको बिद्यालयका प्रधानाध्यापक भविनाथ बरालले बताए । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रसाद गुरुङको अध्यक्षतामा हालै उक्त अक्षयकोषको रकम समेत हस्तान्तरण गरिएको छ ।
पोखरा ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले अध्यक्ष नेपालीले सामुदायिक बिद्यालमया आफ्नी श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना गर्नु प्रंशम्शनिय कार्य भएको जनाए ।
पोखरा २२ का वडा सदस्य मातृका प्रसाद बराल, श्रोत व्यक्ति टोल प्रसाद अर्याल, पर्यटन व्यवसायी मंगल नेपाली लगायतले शिक्षाको बारेमा चर्चा गरेका थिए ।
शान्ति स्तूपाः अनदु युवा क्लवको व्यबस्थापनमा उक्त कार्यक्रम हालै सम्पन्न भएको हो । उक्त अवसरमा बिद्यालयमा न्यानो कपडा तथा स्टेशनरी समेत सहयोग हस्तान्तरण गरिएको छ ।
बिद्यालयमा हाल १५ जना बिद्यार्थी रहेका छन भने शिक्षक सहित ४ जना कर्मचारी रहेकाछन्।