पोखरा न्यूज – २६, फागुन
पोखराको विजयपुर खोलाको पुल चर्कीएपछि वैकल्पिक अस्थायी पुल निमार्ण गरिएको छ ।
करिब ११ बर्ष अघि निमार्ण भएको विजयपुर खोलाको पक्की पुल हालै चर्कीएसंगै उक्त पुलबाट १० टन भन्दा कम भारवान क्षमताका गाडीहरुलाई मात्र प्रबेश दिइएको छ ।
पुल चर्कीएसंगै हाल अस्थायी रुपमा १० टन भन्दा बढी भारवान क्षमताका गाडीहरुको लागी बैकल्पिक बाटो निमार्ण गरेको सडक डिभिजन कार्यालय पोखराका सव इन्जिनियर किरण सुवेदीले बताए ।
सडक डिभिजन कार्यालय पोखराले हिमपाइप राखेर विजयपुरको पहिलाको पुरानो पुल भन्दा अझ माथिबाट डाइभर्सनको गरेको उनले जनाए ।