पोखरा न्यूज – ०९, बैशाख । ठुलो परिमाणमा लागुऔषधसहित पोखराबाट एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार रुपन्देही लुम्विनि नगरपालिका -१२ घर भएका राजेश लोध पोखरा -१० अमरसिंह चोकबाट ६ सय थान लागुऔषधसहित पक्राउ परेका हुन् ।
प्रहरी निरीक्षक टेक बहादुर रावत कमाण्डमाको प्रहरी टोलीले लोधको साथबाट अवैध लागुऔषध बुप्रिनर्फिन इन्जेक्सन २ सय एम्पुल, डाइजापाम इन्जेक्सन २ सय एम्पुल, फेनरागन इन्जेक्सन २ सय एम्पुल गरी जम्मा ६ सय थान लागुऔषध बरामद गरेको हो ।
भारतवाट अवैध लागुऔषध खरीद गरी पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा बिक्री बितरण गर्ने तथा सेवन गर्नेगरेको सुचनाको आधारमा रावतको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रवार साझ लागुऔषध सहित लोधलाई पक्राउ गरेको हो ।
लोधलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट लागुऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।