पोखरामा चोरीको विगविगी, एकै दिन ४ ठाउँमा चोरी

पोखरा न्यूज- १९, वैशाख । पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा चोरी हुने क्रम जारी रहेको छ । पोखरामा यस अघि पोखरा महानगरपालि का वडा नम्बर ५, १३, १४, १५ र १६ मा समेत चोरी भएको घटना सेलाउन नपाउदै बुधबार राति वडा नम्बर १९ को  कार्यालयमा चोरी भएको छ ।

वडा कार्यालय सहित सामुदायिक बिद्यालय, मन्दिर र व्यक्तिको घरमा गए राति ४ ठाउँमा चोरी भएको स्थानिय दिल बहादुर थापाले बताए । वडा कार्यालयबाट एक थान ल्यापटप, रत्नराज्य लक्ष्मि माविबाट करिब ३५ हजार नगद, जलेश्वर मन्दिरबाट केही नगद र स्थानिय बम बहादुर गुरुङको घरबाट भाडा कुँडा सहितका सामानहरु चोरी भएको स्थानिय थापाले जनाए । कार्यालय संचालनको लागि हालै लिएको करिब ५५ हजार मुल्यको एक थान ल्यापटप गएराति चोरी भएको वडा नम्बर १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले बताए ।

विद्यालयबाट करिब ३५ हजार रुपैया नगद चोरी भएको विद्यालयका प्राचार्य केशव प्रसाद अम्गाइले बताए । उनले भने “ हामीले प्रदान गर्ने छात्रवृत्तिको २ लाख ७६ हजार रकम मध्य केहीलाई छात्रवृत्ति प्रदान गर्न बाँकी रहेको थियो जसमध्य करिब ३५ हजार रुपैया साटेर विद्यालय मै राखेका थियौं उक्त रकम गएराति चोरी भयो । ” झ्यालबाट रेलिङ निकालेर विद्यालय प्राचार्यको कार्यकक्ष र एकाउन्टेनको कार्यकक्षमा खोज तलासी गरी चोरले उक्त रकम लगेको प्राचार्य अम्गाइले बताए ।  छात्रवृत्ति र पुस्तक खरिदको उक्त रकम चोरी भएको हो ।

त्यसै गरी स्थानिय बम बहादुर गुरुङको घरबाट भाडाकुडा चोरी भएको बताइएको छ । चरेसका केही भाडा बाटोमा भेटिएको थियो भने उनको चाँदीका दुई वटा करुवा चोरले लगेको स्थानियले बताए । त्यसै गरी विद्यालय देखि करिब एक सय मिटर नजिक रहेको मन्दिरको दानपेटिकामा रहेको रकम समेत चोरी भएको स्थानिय दिल बहादुर थापाले बताए । उक्त दानपेटिमा कति रकम थियो भन्ने कसैलाई जानकारी नभएको स्थानियले जनाए । धेरै समय देखि दानपेटिकाको रकम संकलन नगरेको समेत स्थानियको भनाइ छ ।

एकै रातमा एकै वडाको करिब एक सयदेखि एक किलोमिटरको दुरीमा यसरी चोरी हुदा चोरी भएको करिब आगन जस्ती नजिक रहेको प्रहरीको सिआरभिको टोलीले समेत सुइको पाउन सकेन् । एकै रातमा चार ठाउँमा चोरी हुने घटनाले आफुहरुलाई निकै ससण्ज्ञठण्कित पारेको स्थानियको गुनासो छ ।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले उक्त घटनामा संलग्न भएकाहरुको खोजी कार्य भइरेको जनाए । गर्मी मौसम सुरु भएसंगै चोरी डकैतीका घटनाहरु बढी हुने गरेको बताउदै उनले हरेक घर परिवार तथा संघ संस्थालाई आफुनो माल सामानको सुरक्षा गर्न आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button