पोखरामा ३ महिने बास्केटबल प्रशिक्षण सुरु

पोखरा न्यूज – ०३, जेठ । बास्केटवल खेलको विकास गराउने उद्धेश्यले १६ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१६) बास्केटबल खेलको प्रशिक्षण आज (शुक्रबार) देखि पोखरामा सुरु भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा तीन महिने उक्त प्रशिक्षण शुक्रबार देखि सुरु भएको संघका अध्यक्ष ध्वजकुमार गुरुङले बताए ।

एसइई परीक्षा दिएर बसेका २८ जना छात्र र १० जना छात्राहरुले बास्केटबलको प्रशिक्षणमा प्रारम्भिक चरणमा सहभागि भएको अध्यक्ष गुरुङले जनाए । प्रशिक्षकहरुमा प्रदिप रसाइली र शिव पुन रहेका छन्। उनीहरु बास्केटबलको २ (टु) लेभल उत्तीर्ण प्रशिक्षकहरु हुन् ।

गण्डकी प्रदेशका सांसद दिपक कोइराला (रुपक) ले एक कार्यक्रम बीच उक्त प्रशिक्षणको उद्घाटन गर्दै कुनै पनि खेलको विकास गर्न यस्ता प्रशिक्षण आवश्यक भएको बताए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले आफ्नो समिति मातहतको खेलकुद संघहरुमध्ये बास्केटबल संघ उत्कृष्ट संघ मध्यको एक रहेको बताए ।

संघका सल्लाहकार नारायणप्रसाद शर्माले प्रशिक्षणले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने बताए । यसैबिच, कास्की जिल्ला बास्केटबल संघद्धारा प्रकाशित नयाँ वर्षको क्यालेण्डर विमोचन समेत गरिएको छ । कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सदस्य अर्जुन परियारले संचालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button