पोखरालाई लागुऔषध, यौन व्यवसाय र गुण्डागर्दीले बदनाम बनायो : मुख्यमन्त्री गुरुङ

दीननाथ बराल, पोखरा न्यूज – ११, असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले समाजमा हुने विकृति र विसङगतीलाई अन्त्य गर्न रक्सि खाने ठाँउ र समय तोक्नु पर्ने बताएका छन्। लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस २०१९ को सप्ताह व्यापी कार्यक्रम बुधबार पोखरामा समापन गर्दै मुख्य मन्त्री गुरुङले समाजमा हुने विकृति विसङगतीलाई अन्त्य गर्न रक्सि खाने ठाँउ, समय र निश्चित उमेर समुहको लागि भनेर निर्धारण गर्नुपर्ने बताएका छन्।

उनले भने “विदेशमा जस्तो निश्चित ठाउँ र समयमा रक्सि उपलब्ध हुनुपर्नेमा नेपालमा जहाँ पनि जति खेर पनि जसले चाहे पनि रक्सि खान पाउने व्यबस्था हुनुले देशमा हिंसा, हत्या, बलत्कार, चोरी डकैतिका घटनाहरु बढेका हुन, अब यसलाई नियन्त्रण गर्न निश्चित ठाँउ, समय र उमेर समुहको लागि निर्धारण गर्नुपर्छ ।

” विदेशमा १८ बर्ष मुनिका व्यक्तिहरुलाइ मादक पदार्थ विक्रि वितरण रोक लगाए जस्तै नेपालमा पनि यसलाई कार्यन्वयन गर्नुपर्ने उनले जोड दिए । उनले भने “समाजमा रक्सिलाई हामीले नियन्त्रण गर्न नसक्दा विकृति र विसङगती फैलिएको हो, अब हामीले कम्तिमा पनि हाम्रो गण्डकी प्रदेशमा रस्सि खाने समय, ठाउँ, उमेर समुहका व्यक्ति लगायतका कुरामा ध्यान दिनै पर्छ, हाम्रो प्रदेशलाई हामीले समृद्धि, शान्ती र सुरक्षाको कुरा गर्दा पनि यस्ता कुरा मुख्य रुपमा आउने गरेको पाइन्छ ।”

धेरै पटक युवा युवतीहरुलाई विभिन्न होटलबाट पक्राउ गरिएको मुख्य मन्त्री गुरुङले बताए । उनले भने “कुनै साथीको बर्थ डे मनाउने नाममा आफ्ना नानीहरुलाई कोही पनि अभिभावकहरुले रात भरी उनीहरुलाई नछोड्नुहोस, के तपाइलाई थाहा छ उनीहरु आफ्ना कस्ता साथीहरुसंग बर्थको नाममा होटलमा अनैतिक क्रियाकलापमा संलग्न भएकाछन्, भोलिपल्ट होसमा आए पछि उल्टै बलत्कारको केस गर्ने गरेका छन् । ”

प्रदेशको राजधानी पोखरा मुख्य तीन कुराले बदनाम भएको मुख्य मन्त्री गुरुङले बताए । उनले भने “लागुऔषधको दुर्व्यसनी को रुपमा चिनिन्छि पोखरा, यौन व्यवसायीको रुपमा चिनिन्छि पोखरा र धेरै नै गुण्डागर्दी हुने शहरको रुपमा चिनिन्छ पोखरा अब यसलाई यो वदनामबाट हामीले कसरी हाम्रो प्रदेशलाई सभ्य बनाउने त्यस तर्फ हामी सबै लाग्नु पर्छ । ”

पोखरामा गुण्डागर्दी भने केही कमी आएको बताउदै मुख्यमन्त्री गुरुङले यस्ता विकृतिलाई अन्त्य गर्न आम जनताले प्रहरीलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । १८ बर्ष मुनिका वालवालिकाहरुमा धेरै विकृति भएको उनले दाबी गरे । उनका अनुसार सराङकोटमा रहेको वालसुधार गृहमा १४ देखि १८ बर्ष उमेर समुहका ८६ जनाहरु मध्य ४९ जना जबर्जस्ती करणी मुद्धाका रहेका छन्।

गण्डकी  प्रदेशका सांसद राजिव पहारीले लागूऔषध दुर्व्यसनी पर्यटकिय स्थल पोखराको प्रमुख चुनौतीको रुपमा रहेको बताए । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी टोल टोलमा पुगेर लागूऔषधको दुर्व्यसनीलाई न्युनिकरण गर्ने निती लिईएको स्पष्ट पारे ।  कास्की प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले सबै सरोकारवाला निकायको साथ र सहयोग पाए कास्कीको लागूऔषध दुर्व्यसनी र कारोबारी विरुद्ध आक्रमक रुपले लाग्ने बताए ।

लागूऔषध जस्तो डरलाग्दो कुलतबाट नेपाली दाजुभाई दिदि बहिनिहरुलाई टाढै राख्न साथै दुर्व्यसनी विरुद्ध सचेतना फैलाउन उक्त कार्यक्रम नेपालमा पनी विभिन्न कार्यक्रमहरु गरी मनाउदै आईएको छ । यस अघि पोखरामा सर्वसाधरणहरुले लागूऔषध विरुद्धको सचेतना मुलक र्यालीमा समेत सहाभागीता जनाएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. राजकुमार के.सी.ले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button