पोखराको नदीपुरमा भलिबल प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा न्यूज – ०२, भदौं । अमृत फाउण्डेशन धान्द्रुकको आयोजनामा यही भदौं १७ गते देखि पोखरामा दोस्रो क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ ।

पोखरा नदीपुरको कर्पाकेली समाज घरको भलिबल कोर्टमा भदौं २१ गतेसम्म प्रतियोगिता हुने  सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

सामाजिक कार्यसंगै खेलाडी उत्पादन गर्न थप टेवा पुर्याउने उद्धेश्यले प्रतियोगितालाई यस बर्ष पनि निरन्तरता दिन लागेको फाउण्डेसनका अध्यक्ष अमृत गुरुङले बताए ।  प्रतियोगितामा करिब १६ टिमको सहभागि हुने आफुहरुले अपेक्षा गरिएको उनले जनाए ।

पुरुष तर्फको विजेतालाई ६० हजार, उपविजेतालाई ४० हजार पुरस्कार प्रदान गनिरे भएको छ । त्यसै गरी महिला भलिवलमा विजेतालाई २० हजार, उपविजेतालाई १४ हजार र पुरुष भेट्रान्सको विजेतालाई १५ हजार र उपविजेतालाई १० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको खेल संयोजक अनिल गुरुङले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ५० हजार खर्च लाग्ने फाउण्डेसनले जनाएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button