वडा कार्यालयमै साथीलाई छुरा प्रहार गर्ने पक्राउ

पोखरा न्यूज – १८, भदौ । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए । घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पुरानो रिसइवीका कारण राईको छातीमा छुरा प्रहार गर्ने तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button