नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवन राम, उपाध्यक्षमा तेज गुरुङ सहित ५ जना

दीननाथ बराल, पोखरा न्यूज -२८, भदौ ।  नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जिवनराम श्रेष्ठ निर्वाचित भएका छन्। अध्यक्षका प्रत्यासि उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पछि पार्दै सांसद समेत रहेका जिवनराम पुनः अध्यक्षमा निर्वाचित भएका हुन्। जिवनरामले १७ मत ल्याउदा पूर्व उपाध्यक्ष समेत रहेका उमेशलालले भने १० मत ल्याएका थिए । उमेश नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठका छोरा  हुन्।

त्यसैगरी उपाध्यमा ८ जनाको उमेदवारी परेकोमा पोखराका तेज बहादुर गुरुङ सहित ५ जना निर्वाचित भएका छन्। गुरुङ यस अघि कमिटीको सदस्य थिए भने उनी नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष हुन्।अन्य उपाध्यक्षमा ज्योति राणा, सुनिल कुमार श्रेष्ठ, अशोकरत्न बज्राचार्य, रतुरानन्द राज बैद्य निर्वाचित भएका हुन्। उपाध्यक्ष राणले २६, सुनिले १८, गुरुङले २०, बर्ज्रचार्यले १५, बैद्यले २२ अंक ल्याएका थिए । उपाध्यक्षका प्रत्यासि राजीव श्रेष्ठ र पुष्पदास श्रेष्ठले समान ११/११ अंक ल्याए भने सममि मिया अन्सारीले १२ अंक ल्याएका थिए ।

त्यसै गरी महासचिवमा निलेन्द्र राज श्रेष्ठ निर्वाचित भएका छन्। उनले ३ मत अन्तरले पुरेन्द्रविक्रम लाखेललाई पराजित गरेका हुन्। लाखेले १२ मत ल्याएका थिए ।

सहसचिवमा पिताम्बर तिमिल्सिना र कोषाध्यक्षमा रतन टण्डन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। सचिवमा दीपकहर्ष बज्राचार्य, तुलसा थापा र रामजी श्रेष्ठ निर्वाचित भएका छन । सदस्यमा रमेश सिवाकोटी, राम अवाले, प्रकाश सम्शेर राणा, गोपालसुन्दर कक्षपति, टासी घले, होमबहादुर दोङ र दीर्घबहादुर केसी निर्वाचित भएका हुन्।

अन्तराष्ट्रिय ओलम्पिक कमिटिका (आइओसि) र ओलिम्पिक काउन्सिल अफ एसिया(ओसिए() का पर्यवेक्षक विनोद कुमार तिवारीको उपस्थितीमा नेपाल ओलम्पिक कमिटिको भवनमा शनिबार उक्त अधिवसन भएको हो । २७ सदस्यले भाग लिने यो चुनावमा २६ जनाको उम्मेदवार परेको थियो । पूर्व अध्यक्ष धुर्ववहादुर प्रधान बाहेक सबै उम्मेवदारको रुपमा प्रस्तुतः भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button