देशभर ३ दिनसम्म वर्षाको सम्भावना !

पोखरा न्यूज – २९, भदौ । मनसुन पुनः सक्रिय भएकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही सक्रिय भएको मौसमविद् शान्ति कँडेलले बताइन ।

“अझै तीन दिन देशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको र सो अवधिभर वर्षा अविरल नभई केही समय बलदी हुने केही समय वर्षा हुने क्रम निरन्तर भइरहनेछ”, उनले भनिन ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भई मध्यको पहाडी भेगलगायत पूर्वी तथा पश्चिमी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुनाका साथै मध्य तथा पूर्वी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने तथा सडक र हवाई यातयातमा सामान्य अवरोध आउन सक्ने हुँदा सतर्कता अपाउन पनि आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button