पोखराको विन्ध्यवासिनी मन्दिरमा घटस्थापनादेखि नवदुर्गा महोत्सव हुने

दीननाथ बराल, पोखरा न्यूज- ७, असोज । पोखराको विन्ध्यवासिनी मन्दिरमा यही असोज १२ गते (घटस्थापना) देखि नवदुर्गा महोत्सव संचालन हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज २० अर्थात नवमीसम्म उक्त महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

घटस्थापनाको दिनमा पोखरामा नवदुर्गा शोभायात्रा हुने भएको समितिका सचिव तीर्थ श्रेष्ठले बताए । विहान ७ बजे विन्ध्यवासिनी पार्किङ स्टथलबाट सुरु भई एक्त शोभायात्रा मोहरिया टोल, भैरव टोल, भमिसेन टोल, नाला मुख, तेर्सा पट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्ण टोल, गणेश टोल हुदै विन्ध्यवासिनी पुगेर समापन हुने भएको उनले जनाए । शोभायात्रामा नवकन्या आरुढ नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झांकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक, शैक्षिक, बैंक विक्तिय संघ संस्थाहरुको सहभागिता हुने भएको छ ।

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुग्याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए । महोत्सवमा श्रीमद् भागवतदेवी ज्ञान महायज्ञ समेत हुने भएको छ । महायज्ञ प्रत्येक दिन विहान ९ बजे देखि मध्याहः १२ बजेसम्म र मध्यान्हः ११ बजेबाट अपरान्हः ४ बजेसम्म चल्ने भएको छ । विजया दशमीको अवसरमा मन्दिरमा बिहान ४ बजे देखि पूर्वान्हः ५ बजेसम्म नित्य पुजा आजा गर्ने व्यबस्था समितिले मिलाएको अध्यक्ष श्रेष्ठले जनाए । प्रत्यक साँझ ६ बजे भने आरती गरिने भएको छ ।

उक्त शोभायात्राको नेतृत्व गण्डकी प्रदेशका प्रमुख बाबुराम कुवंरले गर्ने भएकाछन भने शोभायात्राको समापन भने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष श्रेष्ठले बताए । मन्दिरमा भक्तजनहरुले चढाएको भेटिबाटै समितिले विभिन्न सामाजिक कार्य गर्दै आएको उनले बताए । गत बर्ष समितिले करिब दुई करोड ७५ लाख रुपैया भेटिबाट संकलन गर्न सफल भएको सचिव श्रेष्ठले जनाए ।

समितिले केही समय अघि संचालनमा ल्याएको लिफ्ट सेवा पुनः मर्मत संम्हार गर्नको लागि हाल लिफ्टबाट संकलन गरिएको रमकले मर्मत गर्न पुग्ने भएको अध्यक्ष श्रेष्ठले जनाए । शारीरिक असक्त, अपाङगता भएका, ज्येष्ठ नागरिक बाहेक अन्यलाई स्वदेशीलाई जनहि ५० र विदेशीलाई जनहि एक सय रुपैया दिने गरेको समितिले जनाएको छ ।

समितिले हाल ३० जनाको विन्ध्यवासिनी बैदिक गुरुक्ल बिद्याश्रम संचालन गर्दै आएको छ । बिद्याश्रमको हाल भवन निर्माण कार्य सुरु गरिएको छ भने समितिले हाल प्राकृतिक चिकित्सालय निर्माण गर्ने भएको छ । समितिले अब छिट्टै धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले धार्मिक सम्मेलन गर्ने भएको छ । पोखरा क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले धार्मिक क्षेत्रको सम्मेलन गर्ने तयारी गरिएको सचिव श्रेष्ठले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button