साताको पहिलो दिन सुनको भाउ ६ सयले घट्यो

पोखरा न्यूज – १२, असोज । लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २ सय मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८ सय मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला रु ६ सयले घटेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ७० हजार ५ सय मा कारोबार भएकोमा आज भने प्रतितोला रु ६९ हजार  ९ सय मा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ६ सय ले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । यस्तै चाँदी पनि शुक्रबारको तुलनामा रु १५ ले घटेर प्रतितोला रु ८ सय ४५ मा कारोबार भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button