देश दौडाहका क्रममा चलचित्र ‘बादशाह जुट’को टोली पोखरामा

आर.आर.पौडेल, पोखरा न्यूज – ०५, कार्तिक ।  नेपाली चलचित्र ‘बादशाह जुट’को टिम देश दौडाहको क्रममा पोखरामा आइपुग्यो । कात्तिक १५ गते प्रर्दशन हुने यस चलचित्रको प्रचार प्रसारको लागि टिम पोखरा आएको हो ।

पोखरामा आएको चलचित्र युनिटलाई चलचित्र पत्रकार संघ कास्कीले आइतबार पत्रकार सम्मेलन मार्फत पत्रकार माझ प्रस्तुत ग¥यो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्र युनिटले चलचित्र राम्रो बनेको दावी गरे । झण्डै पौने तीन करोडको लागतमा निर्माण गरिएको बताइएको चलचित्र मार्फत दर्शकले नयाँपन महशुष गर्ने निर्माण पक्षले बताए ।

चलचित्रका नायक सुशिल श्रेष्ठले विगतका चलचिमा भन्दा यो चलचित्रमा निकै मेहनत गरेकोले दर्शकको माया पाउने आशा व्यक्क्त गरे । चलचित्रका निर्देशक जोनी सिंह रानाले पत्रकार र सिपाईले मिलेर काम गर्दा के कस्तो परिवर्तन गर्न सक्छन् भन्ने चलचित्रमा देखाइएको बताए ।

चलचित्रका निर्माता हर्क बहादुर कुँवरले चलचित्रको विषयवस्तु मन परेरनै लगानी गरेको जनाए ।  चलचित्रमा सुशिलसँगै, केइसा रावत, रश्मी पाण्डे, रोबिन तामाङ, रोजी खड्का, दिपक क्षेत्री, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button