पोखरामा नेपाल र भारतका कलाकारको कला प्रर्दशनि

आर.आर. पौडेल, पोखरा न्यूज – ०५, कार्तिक ।  पोखरामा इन्डो नेपाल अन्तराष्ट्रिय कला प्रर्दशनी भएको छ । पोखरा लेकसाइडको नगेन आर्ट लाउञ्ज बारमा भएको कला प्रर्दशनीमा नेपाल तथा भारतका गरी २० कलाकारले तयार पारेको कला प्रर्दशन गरियो ।

आश्विन १७ देखि २८ गतेसम्म गरी कुल बाह्र दिनसम्म चलेको कला प्रर्दशनीमा पोखरेली कलाप्रेमीको अलावा पोखरा घुम्न पुगेका आन्तरिक तथा बाह्रय पर्यटक समेत पुगे । प्रर्दशनीमा कुल ३३ वटा चित्र राखिएको थियो ।

आगरा, पञ्जाब, दिल्ली, राजस्थान, चन्डीगणका ११ जना कलाकार र ९ जना नेपाल आर्ट ग्यालरी संघका कलाकारले तयार पारेको कलाकृति तहाँ राखिएको थियो । कला प्रर्दशनी हरेक दिन बिहान ७ बजेबाट बेलुका ७ बजेसम्म भएको थियो ।

पहिलोपटक आयोजना गरिएको कला प्रर्दशनीले कलाप्रेमीको मन जितेको नगेन आर्ट लाउञ्ज बारका अध्यक्ष नमा खाँड ठकुरीको प्रतिक्रिया थियो ।

प्रर्दशनीमा न्युनतम ८ हजार देखि अधिकतम ३५ हजार मुल्य बराबरका कला तहाँ प्रर्दशनमा राखिएको थियो । अब नियमित रुपमा कला प्रर्दशनीको आयोजना गर्दै कला पारखीको ध्यान खिच्ने आयोजकले बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button