नेपाली पप ब्याण्ड 1974 AD लाई पोखरामा स्वागत

आर.आर. पौडेल, पोखरा न्यूज – ०६, कार्तिक । नेपाली पप ब्याण्ड 1974 AD  ग्रैहापाटन पोखरामा रहेको स्पोर्टस् क्यासल प्रालिमा देखिए । पोखरामा छोरेपाटनमा आयोजित छोरेपाटन साँझका लागि पोखरा आएको 1974 AD  समुहलाई स्पोर्टस् क्यासल प्रालिले स्पोर्टस् क्यासलमा स्वागत गरेको हो । क्यासलले ब्याण्ड मेम्बर सबैलाई स्वागत गरेको थियो ।

ब्याण्ड मेम्बर एड्रिन प्रधान, निराकार याकथुम्बा तथा मनोज कुमार केसीलाई क्यासलका सञ्चालक बिजया गुरुङ, चन्द्रमान गुरुङ, ईश्वर गुरुङ तथा अनमोल पालिखेले संयुक्त रुपमा स्वागत गरे ।

सो अवसरमा 1974 AD  का व्याण्ड मेम्बर सहित डेभिजफल्स क्लबका अध्यक्ष पुष्प बराल, सल्लाहकार कुमार गुरुङ, रबिन गुरुङ, सल्लाहकार मिलन गुरुङ कन्दरा ब्याण्डका गितारिष्ट अमित गुरुङ, जनप्रिय उच्च माबिका स्वबियु सभापति आशिष गुरुङ लगायतले क्यासलमा रहेको ब्यायामशालाको अवलोकन गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button