पोखरामा स्टार्स फाउन्डेसनको च्यारिटि सो शनिबार हुने

आर.आर. पौडेल, पोखरा न्यूज -०७, कार्तिक । स्टार्स फाउन्डेसन कास्की नेपालले कार्तिक ९ गते शनिबार पोखरामा च्यारिटि इभेन्टको आयोजना गर्ने भएको छ ।

नेपालीहरुको महान् पर्व शुभ दिपावलीको अवसरमा आयोजना गर्ने यो कार्यक्रममा स्टार्स स्टुडियो पोखराका कलाकारको देउसी भैलो प्रस्तुती रहनेछ । पोखरा न्युरोडमा रहेको सिटि स्क्वायर पार्टी प्यालेसमा दिउँसो साढे १ बजेबाट आयोजना हुने कार्यक्रममा कल्चरल प्रस्तुतीको मज्जा लिदै रमाउन पाइनेछ ।

नेपालको मौलीक नृत्यको प्रर्वद्धनका लागि हालै स्थापना भएको यो संस्थाले नेपाली साँस्कृतिक पर्व तिहारको संरक्षण गर्दै फाउन्डेसनको कोषमा केहि रकम संकलन गर्ने सोचका साथ यो कार्यक्रम गर्न लागेको फाउन्डेसनका अध्यक्ष जसु गुरुङले बताइन् ।

फाउन्डेसनले नेपाली युवा पुस्तालाई नेपालको कल्चरल नृत्यप्रति आर्कषित गर्न उत्प्रेरित गर्ने खालका कार्यक्रम गर्नेछ । फाउन्डेसन गत आश्विन ७ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको थियो ।

गुरुङ फिल्मको निर्देशक समेत रहेकी फाउन्डेसका अध्यक्ष जसुले पोखराको न्युरोडमा स्टार्स स्टुडियो समेत सञ्चालन गरिरहेकी छन् । जहाँ तिहारको देउसी भैलो कार्यक्रममा प्रयोग हुने पुरुष, महिला तथा वाल वालिकाहरुको निम्ति विभिन्न जनजातिका सांस्कृतिक भेषभुषा तथा गरगहना साथै आधुनिक रेडिमेड कपडाहरु भाडामा उपलब्ध हुन्छ ।

स्टुडियोमा नृत्य क्षेत्रमा अगाडी बढ्न चाहनेको लागि नृत्य प्रशिक्षण पनि गराइन्छ । सोही स्टार्स स्टुडियोकै कलाकारले शनिबारको कार्यक्रममा आफ्नो प्रतिभा देखाउनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button