भाइले कति पैसा दिन्छ भन्ने हुन्थ्यो : कलाकार दिपाश्री

आर.आर. पौडेल, पोखरा न्यूज – ०९, कार्तिक । कलाकार दिपाश्री निरौलाले यसपालीको तिहार विराटनगरमा मनाउदैछन् । उनका दुईजना भाइहरु छन् । उनीहरुलाई पुजेर तिहार सेलिब्रेट गर्ने उनको तयारी छ ।

‘भाई नजन्मदै घरमा हामी ४, ५ जना छोरी–छोरी थियौ । आमालाई हामीले जतिबेला पनि एउटा भाइ किन नपाइदिएको भनेर भन्थेउ । भाइ पाइसकेपछिको तिहार एकदमै रमाइलो भएको थियो ।’ उनले भनिन् । तिहारमा दाजुभाईको जुन माया हुन्छ त्यसको बेग्लै महत्व हुन्छ । भाइले कति पैसा दिन्छ, आमाले कति छुट्याउनु भएको छ भन्ने बालापनमा हुने गर्दथ्यो ।

त्यो अझै ताजा रहेको उनले सुनाइन् ।  अभिनय मार्फत नदेखिएपनि चलचित्र क्षेत्रमा क्रियाशिल उनी क्रियाशिल बनिरहेकी छन् । ‘दशैंमा एउटा चलचित्र जसरी पनि बनाउछौ । दर्शकको हितलाई ध्यानमा राखेर विषयवस्तुको उठान गर्छौ’ उनले भनिन् ।

आगामी दिनमा आफ्नो करियरमा यस्तो गर्छु भनेर योजना भने नबनाएकोे उनले बताइन् । सुहाउदो खालको भयो भने म पनि अभिनय गर्ने उनको योजना छ । पछिल्लो चलचित्र ६ माया छपक्कैमा उनले प्राविधिक सल्लाहकारको जिम्मेवारी निभाएकी थिइन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button