स्कुलबाट भागी-भागी सिनेमा हेर्न पुग्थे : दिपकराज गिरी

आर.आर. पौडेल, पोखरा न्यूज – १३, कार्तिक । काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका दहचोकमा सामान्य किसान परिवारमा कलाकार दिपकराज गिरीको जन्म भएको हो ।  उनका बुबा जागिरे हुनुहन्थ्यो, कृषि विकास बैकमा । दिपकलाई हजुरबुबाले धेरै माया गर्नुहुन्थयो ।

उनको पारिवारिक वातावारण कलाकारिता क्षेत्रतर्फको थिएन । बाल्यकालमा उनी चञ्चले थिए, हुनत अहिलेपनि त्यो चञ्चलेपना उनमा बाँकी नै छ । ‘एकदमै चञ्चले, बिन्दास, त्यतिकै आकाशमा हावामा उड्ने चरित्र, नत्र मस्त बस्ने खालको चरित्र भएको व्यक्ति थिए’ उनले भने । उनमा बाल्यअवस्था देखिनै सिनेमा हेर्ने बानी थियो । स्कुलदेखि भागी–भागी सिनेमा हेर्न पुग्थे ।

‘चलचित्रतर्फ कहि न कहि डोर्याइएको थियो, तर केहि न केहि मिलेको थिएन, सायद चाडो होस् भन्ने भगवानलाई मञ्जुर थिएन होला, ढिला सुरुवात भयो, ढिला सफलता भयो, म हिरो पनि ढिलो ढिलो नै भए’ उनले थपे । जहिले सुरु गरे पनि ढिला हुदैन भन्ने कुराको उदाहरण उनी बनेका छन् । उनको कम्पनीबाट ६ वटा चलचित्र आइसके, छ माया छपक्कै उनी हिरो बनेको आठौ चलचित्र हो ।

राम्रा राम्रा चलचित्र बनेर नेपालमा हिन्दि चलचित्र खासै चल्दैन नेपाली चलचत्रि मात्र चल्छ भन्ने बनाउनु आफ्नो लक्ष्य भएको उनले बताए । ‘यो देश हाम्रो हो, नेपाली चलचित्रलाई नम्बर एक मै राख्न नै जरुरी छ । त्यसको लागि मेरो साहसले भ्याएसम्म मैले पैसा कमाउने, मेरो फिल्म चलाउने दोस्रो उद्धेश्यमा छ, पहिलो उद्धेश्य हाम्रो देशमा हाम्रो नेपाली फिल्मलाई अगाडी ल्याउने लक्ष्य छ’ दिपकले भने ।

चलचित्र प्रर्दशन भए पछि दर्शकलाई हलमानै भेट्ने, प्रतिक्रिया सुन्ने, र कमिकमजोरीमा सुधार गर्दै अगाडी बढ्ने उनले बताए । लामो समयसम्म हाँस्यकलाकारको रुपमा चलचित्र र टेलिचलचित्रमा काम गरेका कारण दिपकको दर्शकमाझ बेग्लै छाप छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button