देउसी भैलो प्रतियोगितामा तोरीचौर विजेता

आर.आर. पौडेल, पोखरा न्यूज – १४, कार्तिक । तिहारको अवसरमा भरतपोखरीमा आयोजित देउसी भैलो प्रतियोगितामा तोरीचौर देउसी भैलो समूह विजेता बनेको छ ।

भरतपोखरी विकास मञ्चद्वारा आयोजित दोस्रो संस्करणको प्रतियोगितामा मिलनसार सामाजिक उद्यमी महिला सहकारी समूह दोस्रो, सिस्ने सरस्वती आमा समूह तेस्रो र कुसुण्डे टोल विकास संस्थाले सान्त्वना स्थान हात पारे।

प्रतियोगिताको उत्कृष्ट बाद्यवादन तर्फ भगवती सिर्जनशील आमा समूह, उत्कृष्ट नृत्यतर्फ माछापुच्छ्रे टोल विकास संस्था र उत्कृष्ट भेषभुषातर्फ हेम्जा आमा समूह छनोट भए । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट नृत्य, भेषभुषा र बाद्यबादनमा विजयीलाई पाँच-पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजयीलाई प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्य, नेपाली काँग्रेसका महासमिति सदस्य ऋषिराम काफ्लेले नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button