पोखराका मुख्य तीन ठाँउमा यस बर्ष पनि छठ पूजा धुमधामका साथ मनाईने

दीननाथ बराल, पोखरा न्यूज – १४, कार्तिक । यस बर्षको छठ पुजा पनि पोखराका मुख्य तीन ठाँउमा धुमधामका साथ मनाइने भएको छ । पोखरा क्षेत्रका सुर्यभक्तहरुले पोखरा नदीपुरको नारायणथान मन्दिर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र रिठ्ठाघाट त्रिवेणी धाम (कालिखोला) सेती नदी किनारामा छठ पुजा धुमधामका साथ मनाउन सरसफाई गरेका छन् ।

सुर्यका भक्तहरुलाई छठ पर्वको अवसरमा पोखरामै सहज ढंगबाट पुजा गर्ने वातावरण सृजना गर्न पोखराका मुख्य तीन ठाउँमा छठ पूजा समितिले सरसफाई देखि आन्तरिक व्यबस्थापनमा जुटेका छन् । केदारेश्वर महादेवमणि क्षेत्रमा आज बिहिबार देखि सरसफाई गर्न सुरु गरिएको एन.बी.व्यवसायी समितिका निवर्तमान अध्यक्ष भुनेस कुमारले बताए ।

त्यसै गरी नारायणथान मन्दिर परिसर र कालिखोला क्षेत्रमा समेत बिहिबार देखि सरसफाई गर्न सुरुवात गरिएको त्रिवेणी घाट छठ पुजा समितिका अध्यक्ष एवं प्राध्यापक देवनारायण सुतीहारले बताए । उनका अनुसार यस बर्षको छठ पर्वको मुख्य दिन (षष्ठी) शनिबार कार्तिक १६ गते परेको छ । सप्तमी कात्तिक १७ गते आइतबार सुर्यका भक्तहरुले उदाउदो सुर्यलाई अर्घ दिनेछन् ।

छठ पुजाअन्तर्गत आज चतुर्थी (बिहिबार) का दिन नुहाउने र चोखो खाने गरिन्छ भने भोलि शुक्रबार पञ्चमीमा दिनभर व्रत बस्ने (खड्ना) र राति पुजा गर्ने प्रचलन रहेको छ । षष्ठीका दिन शनिबार छठ घाटहरुमा सजिसजावट गरी अस्ताउदो सुर्यको पुजा गरिन्छ । केहि बर्ष देखि पोखरामा व्यवस्थित रुपमा छठ पर्व मनाउन थाले सँगै पोखरामा पनि छठको छुट्टै रौनक हुन थालेको नारायणथान मन्दिर छठ पुजा समितिका पृतम सिंहले बताए ।

विगतका बर्ष देखि छठ पुजा पोखराका विभिन्न स्थानमा मनाउदै आएको भए पनि विगत ५ बर्ष देखि सेती गण्डकी र कालिखोलाको दोभान रिठ्ठाघाँट बैकुण्ठ त्रिवेणी धाम (कालिखोला) मा पनि धुमधामका साथ यो पर्व मनाउदै आएको अध्यक्ष सुतीहारले बताए । पोखरामा पछिल्ला बर्ष देखि मधेशी, तराई तथा केहि पहाडी मुलका मानिसहरुले समेत छठ पर्व मनाउन थालेका छन् ।

छठका भक्तहरुले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफूलका बोटहरु सजावट गर्ने गर्छन्। सुर्यलाई भगवानको रुपमा पुजा गर्ने भक्तहरुको आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ उनीहरु पूजा आज गर्न गर्दछन्। मधेशी तथा तराई मुलका मानिसहरुको महान चाड छठ पर्व पोखरामा मनाउन थाले पछि पछिल्लो क्रममा करीब ७० प्रतिशत छठीमैयाका भक्तहरुले पोखरामै पुजा आज गर्न थालेको अध्यक्ष प्राध्यापक सुतिहारको दाबी छ ।

सष्ठीमा अस्ताउदो सुर्यलाई अर्घ दिने गरीन्छ भने विभिन्न फलफूल, कन्दमुल, ठेकुवा, कसार लगायतका सामाग्रीको साथमा सुर्यका भक्तहरुले पुजा गर्ने गर्दछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button