विद्याको चुनाबी अभियान स्व.रविन्द्र अधिकारीको जन्मथलोबाट शुरू हुने

पोखरा न्यूज – २०, कार्तिक ।  मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहेकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट शुरू गर्ने भएकी छन ।

रविन्द्रले आफ्नो जीवनको बाल्यकाल बिताएको र राजनीतिक जीवनको शुरूवात गरेको सो स्थानका स्थानीयबासी सँग अन्तरक्रिया र भेटघाट गरेर उनले आफ्नो चुनावी अभियान शुरू गर्न लाग्नु भएको नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले बताए ।

विगतका तीनवटा निर्वाचनमा लगातार सो क्षेत्रबाट विजयी स्व. रविन्द्र अधिकारी राजनीतिक रूपमा अव्वल नेताको पहिचान बनाउन सफल भएका थिए  । उक्त स्थानलाई आफ्नो पनि राजनीतिको प्रेरणापुञ्ज भएको भन्दै विद्याले सोही क्षेत्रबाट निर्वाचन अभियान शुरू गर्न चाहेकी हुन्  ।

सो क्षेत्रबाट आशिर्वाद ग्रहण लगतै शहीदहरूको शालिकमा माल्यारपण गरी कार्तिक २१ गते जिल्ला पार्टी कार्यालय शान्तिवनबाट आमजनसमुदायको सहभागितामा निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

स्व. पर्यटनमन्त्री रविन्द्र अधिकारीले हेलिकप्टर दुर्घटना परी निधन भएपछि पार्टीले उक्त क्षेत्रमा विद्यालाई उम्मेदवारको रूपमा अघि सारेको हो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. श्रीमान को मृत्यु भयो एउटा विद्या राष्ट्रपति अर्को के हुन लागेको थाहा छैन।तर यही परम्परा रहने हो भने राजनिति गर्ने सबैका लोग्ने परम्धाम पुग्दा राम्रै त हुने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button