पोखरामा सम्पन्न मिस रोयल डिभाको उपाधि रियालाई

आर.आर. पौडेल, पोखरा न्यूज- २५ कार्तिक । मिस रोयल डिभा २०१९ को उपाधि रिया कार्कीले चुमेकी छन् ।

पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजित फाइनल प्रतिष्पर्धामा उनले उपाधि सहित मष्ट व्युटिफुल, वेष्ट स्किन र वेष्ट वाल्कको सव टाइटल समेत आफ्नो पक्षमा पारिन् ।

हेवन्स प्रोडक्सनले आयोजना गरेको प्रतियोगीतामा फस्ट रर्नसअप सहित बेष्ट फिगर सलिना मगर र अर्गनाइजर च्वाइस सहित मष्ट हार्डवर्किङको पुरस्कार सुनिता पुनले जितिन् ।

उपाधिका लागि फाइनलमा पुगेका ८ जना प्रतियोगी बिच प्रतिष्पर्धा भएको थियो । उनीहरुलाई विभिन्न तालिम पश्चात फाइनल  प्रतिस्पर्धामा उतारिएको आयोजकले जनाए ।

प्रतियोगीतामा मष्ट पंच्युल प्रिजा गुरुङ, बेष्ट हेयर सुस्मा गुरुङ, मष्ट डिसिपिलिन बबिना छन्त्याल, बेष्ट स्माइल श्रेया शर्मा, मष्ट फ्रेन्क कल्पना गुरुङ बन्न सफल भए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button