लन्डनबाट सिड्नी उडान भर्दै क्वान्टास एअरलाइन्सले राख्यो विश्व कीर्तिमान

पोखरा न्यूज २९, कार्तिक ।अस्ट्रेलियाको क्वान्टास एअरलाइन्सले लन्डनबाट सिड्नी सिधा उडान भर्दै अहिलेसम्मकै लामो उडानको विश्व कीर्तिमान कायम गरेको छ ।

एक परीक्षण उडान अन्तर्गत लन्डनबाट उडेको जहाज १९ घन्टा १९ मिनेटमा १७ हजार ८ सय किलोमिटरको दुरी तय गर्दै सिड्नीमा अवतरण भएर विश्व कीर्तिमान राखेको हो । १०० मेट्रिक टन इन्धन बोकेरले बोइङको नयाँ ७८७-९ ड्रिमलाइनरले ५० यात्रुलाई गन्तव्यमा पुर्याएको थियो ।

लन्डनको हिथृ विमानस्थलबाट शुक्रबार बिहान ६ बजेको छुटेको जहाज जर्मनी, रसिया, पोल्यान्ड, बेलारुस, कजाकस्तान, चीन, फिलिपिन्स र इन्डोनेसियाको आकाश हुँदै अस्ट्रेलियाको सिड्नीमा दोस्रो सुर्योदय हेर्न अवतरित भएको थियो । प्रोजेक्ट सनराइज नाम दिइएको एक महत्वाकांक्षी योजना अन्तर्गत क्वान्टासले सन् २०२२ सम्म सिड्नीदेखि लन्डन र न्युयोर्क सिधा उडान भर्ने लक्ष्य राखेको छ ।

परीक्षण उडानमा चालक दलका चार सदस्यसहित क्वान्टास एअरलाइन्सका कर्मचारी, सिएन् एन् का पत्रकार र केही सोधकर्ता रहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button