भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते

पोखरा न्यूज -३०, कार्तिक ।  भालुको आक्रमणमा परी एक युवक घाइते भएका छन् । घाइते हुनेमा बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ बाँगापाटाका ३३ वर्षीय दीर्घबहादुर थापा रहेका छन् ।

आज बिहान गाउँमाथिको खोया लेकमा पशुचौपायाका लागि घाँस काट्न गएको समयमा भालुले आक्रमण गरी थापालाई गम्भीर घाइते बनाएको स्थानीय प्रेमबहादुर सार्कीले जानकारी दिए  । घाइते थापा आक्रमणलगत्तै कराएपछि नजिकै रहेका स्थानीय गोठालाले जानकारी पाएपछि भालुलाई भगाएर बचाउन सफल भएका सार्कीले बताए  ।

आक्रमणमा परी गम्भीर घाइते भएका थापालाई उपचारका लागि छिमेकी जिल्ला अछामस्थित बयालपाटा अस्पताल लगिएको छ । थापाको टाउको, मुख तथा हातमा गम्भीर चोट लागेको बताइएको छ । जिल्लाका विभिन्न ठाउँमा भालुले मन पराउने कोदो, मेल, डिम्भरजस्ता फलफूल पाक्ने समय भएकाले यो समयमा हिँड्दा होस् गरेर हिँड्नसमेत जिल्ला डिभिजन वन कार्यालयले अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button