इटालीको पटाका कारखानामा विस्फोट हुँदा ५ को मृत्यु

पोखरा न्यूज -०५, मंसिर । इटालीको सिसिली टापुमा रहेको एक पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन् ।

बुधबार दिउँसो भएको घटनामा ७१ वर्षीया पटाका कारखाना मालिकसहित अन्य चारको मृत्यु भएको हो । प्रहरीले घटनाको सम्भावित कारण वेल्डिङको काम हुँदै गर्दा कामदारको गल्ती हुन सक्ने बताएपनि त्यसको पुष्टि भने भइनसकेको बताएको छ । घटनाको छानबिन भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ । सोही कारखानामा २० वर्ष अघि पनि विस्फोट भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इटालीमा ठुला-ठुला पारिवारिक घरानाले चलाउने यस्ता कारखानामा सुरक्षा सम्बन्धित मुद्दाहरु उठिरहने गरेको छ । यसका बाबजुद त्यहाँ पटाका कारखानाहरुमा भएका विस्फोटका घटनामा सन् २००० पछि ६८ जनाको ज्यान गइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button