विद्यार्थीले गरेको बन्द खुल्यो

पोखरा न्यूज – ०३, पुष। ट्र्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि आन्दोलित विद्यार्थीहरुले गरेको बन्द अहिले खुलेको छ ।

आज बिहान पौने १० बजेतिर तुलसीपुर–५ गोदामघर नजिकै ट्र्याक्टरले ठक्कर दिँदा तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीया विजिता केसीको मृत्यु भएपछि विद्यार्थीले बिहानैदेखि सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्ध हुँदा तुलसीपुरबाट छुट्ने तथा भित्रिने यातायातका साधनहरु चल्न सकेका थिएनन् ।

रा १ त १४३५ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी तुलसीपुर–७ शिवनगर निवासी केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

साथै ट्र्याक्टरको ठक्करबाट सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया मनिषा वली घाइते भएकी छिन् । वलीको बायाँ हातमा चोट लागेको छ । प्रहरीले ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button