मादी डान्स आइडलको उपाधि सोफीलाई

राजाराम पौडेल, पोखरा न्यूज – १६ , माघ । पहिलो संस्करणको मादी डान्स आइडलको उपाधि सोफी शाहीले जितेकी छन् ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ की शाहीले उपाधिसँगै सोफीले नगद १ लाख पुरस्कार, ट्रफी, प्रमाणपत्र तथा म्युजिक भिडियोमा खेल्ने अवसर र एक वर्षसम्म आइडल भत्ता बापत मासिक २ हजारका दरले थप २४ हजार पाउनेछन् ।

मादी गाउँपालिकाभित्रका नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना भएको थियो । आइडलमा मादी गाउँपालिका वडा नम्बर २ की अर्पिता गुरुङ फष्ट रनर्सअप बनिन् ।

अर्पिताले नगद ५० हजार पुरस्कार, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा अवसर पाइन् । सोही वडाकी कुशुम गुरुङ सेकेन्ड रनर्सअप भइन् । उनले नगद २५ हजार ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा अवसर पाइन् ।

उत्कृष्ट भेषभुषाको उपाधि ससिमाया गुरुङ, उत्कृष्ट नृत्यनिर्देशकको उपाधि निरज राईभाट र कमल गुरुङले जिते ।  आदिम कला मञ्चले आयोजना गरेको कार्यक्रममा कास्कीको मादी गाउँपालिकाले सहकार्य गरेको थियो ।

कार्यक्रममा आगामी वैशाखमा आयोजना हुने क्रपु महोत्सवको प्रमोशनल डकुमेन्ट्री समेत प्रदर्शन गरियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button